Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुवै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने 

वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुवै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने 

  • काठमाडौं । वाणिज्य बैंकहरुले कर्जा प्रवाह गर्ने र नगर्ने दुवै खालका विदेशी बैंक ग्यारेन्टी सिधै स्वीकार गर्न सक्ने भएका छन् । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको बैंक ग्यारेन्टी सम्बन्धी व्यवस्थालाई सहज बनाउदै स्वीकृत लिनुपर्ने व्यवस्था हटाएको हो ।

    केन्द्रीय बैंकका अनुसार यसअघि बिड बण्ड तथा प्रफमेन्स बण्डजस्ता कर्जा प्रवाह नगर्ने प्रयोजनका विदेशी बैंक ग्यारेन्टी मात्र सिधै स्वीकार गर्न पाउने व्यवस्था थियो । नयाँ व्यवस्थाले वाणिज्य बैंकहरुले कर्जा लगानी गर्न वा लगानी भएको कर्जाको सुरक्षण गर्नका लागि समेत स्वीकृत लिन नपर्ने व्यवस्था गरिएको छ ।

    साथै केन्द्रीय बैंकले बैंकहरुलाई कमिसन दिएर पनि बैंक ग्यारेन्टी लिनसक्ने व्यवस्था गरे अनुसार  विदेशी बैंक तथा वित्तीय संस्थाबाट कमिसन दिने गरी बैंक ग्यारेन्टी लिएको खण्डमा केन्द्रीय बैंकको स्वीकृती आवश्यक पर्नेछ । केन्द्रीय बैंकले नेपाली बैंकहरुका लागि  बैंक ग्यारेन्टीबापत विदशी बैंकहरुलाई दिन सक्ने कमिसनको अधिकतम सीमा पनि तोकिदिएको छ । जस अनुसार नेपाली वाणिज्य बैंकहरुले विदेशी बैंक तथा वित्तीय संस्थाबाट कमिसन दिने गरी लिएको बैंक ग्यारेन्टीमा अधिकतम १.५ प्रतिशतसम्म कमिसन शुल्क दिन सक्ने छन् ।

    विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनियमावली, २०७८ अनुसार वाणिज्य बैंकले स्वदेशमा कर्जा प्रवाह गर्ने वा प्रवाह भइसकेको कर्जा सुरक्षण गर्ने प्रयोजनको लागि विदेशी बैंक तथा वित्तीय संस्थाको जमानत आफै स्वीकार गर्न सक्छन । साथै विदेशी पेन्सन फण्ड, हेज फण्ड, सरकारी/अन्तर–सरकारी स्वामित्वको डेभलपमेन्ट फाइनान्स इन्ष्टिच्यूसनलगायतका कर्जा प्रवाह गर्ने संस्थाबाट जारी भएको वित्तीय जमानत समेत केन्द्रीय बैंककोे स्वकृती बिना स्वीकार गर्न सक्नेछन् ।

    तर, यस्तो बैंक जमानत वा वित्तीय जमानत स्वीकार गर्दा नेपालबाट कुनै कमिसन, शुल्क, वा लागत तिर्नुपर्ने भएमा सोको स्वीकृति नेपाल राष्ट्र बैंकबाट लिनु पर्ने व्यवस्था विदेशी विनिमय सम्बन्धी निर्देशनमा गरिएको छ । वाणिज्य बैंक आफैँले बैंक / वित्तीय जमानत (स्वदेशी मुद्रा समेत) जारी गर्दा लिने स्ट्याण्डर्ड ट्यारिफया चार्जमा उल्लिखित न्यूनतम कमिशन, शुल्क, वा लागत भित्र रहनु पर्ने व्यवस्था गरिएको छ । त्यस्तो कमिशन, शुल्क, वा लागत प्रति वर्ष १.५ प्रतिशत भित्र रहनु पर्ने सीमा समेत तोकिएको छ । त्यसैगरी विदेशी लगानी भएका वाणिज्य बैंकले आफ्नो विदेशी लगानीकर्ता बैंक तथा वित्तीय संस्थाबाट जारी भएको बैंक ÷वित्तीय जमानत यस्तो प्रयोजनको लागि स्वीकार गर्न नसक्ने केन्द्रीय बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij