Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै 

हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्दै 

  • काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले हकप्रद शेयर निष्काशन गर्न लागेको छ । कम्पनीले चुक्ता पूँजीको ८० प्रतिशत अर्थात १० बराबर ८ अनुपातमा ८ अर्ब ३२ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्न लागेको  हो ।

    सो हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न कम्पनीले फागुन २० गते आइतबार, राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौँमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
    सो सभाले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२१ प्रतिशतका दर नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

    साथै सभाले २०७९÷०८० को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु सहितको वित्तीय विवरणहरू उपर छलफल गरी पारित गर्ने लगायतका प्रस्ताव पनि पारित गर्ने छ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले फागुन ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार फागुन ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij