Logo

Jan 15 2025 | २०८१, माघ २गते

Jan 15 2025 | २०८१, माघ २गते

images

पाल्पाको सडकमा भएको जीप  दुर्घटनामा परी  कम्तीमा  ८ जनाको मृत्यु

पाल्पाको सडकमा भएको जीप  दुर्घटनामा परी  कम्तीमा  ८ जनाको मृत्यु

  • काठमाडौं ।  पाल्पाको सडकमा भएको जीप  दुर्घटनामा परी  ८ जनाको मृत्यु भएको छ ।

    लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआईजी कुवेर कडायतले सार्वजनिक गरेको जानकारी अनुसार  तिनाउ गाउँपालिका–६, चिदीसमा लु १ ज २३७१ नम्बरको जीप दुर्घटनामा परी कम्तीमा   ८ जनाको मृत्यु भएको हो ।  पौने ५बजेतिर भएको जनाइएको छ ।

    अहिले घटनास्थलमा जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रमुख एसपी हेरम्ब शर्मासहितको टोली पुगेको छ । डुम्रेबाट चिदिसतर्फ जाँदै गरेको जीप सडकबाट अन्दाजी ३ सय मिटर तल खसेको डीआईजी कडायतले जानकारी  सार्वजनिक  गरेका छन् ।

    दुर्घटनाको कारण खुलेको छैन । प्रहरीका अनुसार, जीपमा १५ जना यात्रु सवार रहेको सूचना छ ।

    तिनाउ गाउँपालिका–६ का वडाध्यक्ष टोमबहादुर पुनले सार्वजनिक गरेको जानकारी अनुसार , दुर्घटनामा घाइतेहरुको उद्धार कार्य जारी छ । उद्धार गरिएकाहरुलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij