Logo

May 02 2025 | २०८२, वैशाख २०गते

May 02 2025 | २०८२, वैशाख २०गते

images

मिसेस नेपाल आइडल २०२४ को उपाधि सप्तरीकी निशुलाई

मिसेस नेपाल आइडल २०२४ को उपाधि सप्तरीकी निशुलाई

  • सिरहा । ‘मिसेस नेपाल आइडल २०२४ को उपाधि सप्तरीकी निशु काफ्ले जितेकी छन् । उपाधिसँगै उनले इजिप्टमा हुन गइरहेको नेपाल फेसन एण्ड इन्टरटेनमेन्ट अवार्डमा इन्ट्रिप्याकेज समेत प्राप्त गरेकी हुन् ।
    हिमालयन मुभिजद्वारा शुक्रबार राजधानीको म्युजिक सिटी स्टुडियोमा सम्पन्न सो कार्यक्रममा राजेश्वरी योगल अमात्य फस्ट रनर अप र रूपा खबास सेकेन्ड रनरअप हुन सफल भएकी छन् । कार्यक्रम नेपाली विवाहित महिलाहरूको राष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिताको आठौँ संस्करण हो ।
    विवाहित महिलाहरुबीच ललितपुरमा सम्पन्न रोचक सौन्दर्य प्रतियोगितामा चर्चित फेसन कोरियोग्राफर हिमानी सुब्बाको कोरियोग्राफीमा करिब एक दर्जन प्रतियोगीहरूले तीन सातासम्म व्यक्तित्व विकास बोलीचाली अभ्यास, स्टेजको प्रस्तुती, क्याटवाक, फोटोसुट, भिडियोसुट लगायत विविध विषयमा तालिम लिएका थिए । कार्यक्रममा सुब्बा कै कोरियोग्राफीमा प्रतियोगीहरूले आकर्षक नृत्य समेत प्रस्तुत गर्दै परिचयात्मक, सांस्कृतिक पोसाक चरण, प्रश्नोत्तर चरण लगायतका विविध चरणहरूमा आफूलाई योग्य उतार्ने प्रयास गरेका थिए ।
    कार्यक्रममा विविध सबटाइटल अर्वाडहरू समेत वितरण गरिएको थियो । जसमा मोस्ट करिज्म्याटिक निशु काफ्ले, वेस्ट फोटोजेनिक राजेश्वरी योगल अमात्य, मोस्ट कन्फिडेन्ट रूपा खवास, मोस्ट डाइनामिक रेनु श्रेष्ठ, मोस्ट स्मार्ट सृजना श्रेष्ठ, मोस्ट डिलीजेन्ट सरला भट्टराई कुँवर, वेस्ट पर्सनालिटी लक्ष्मी बोहरा चौहान, मोस्ट डिलाइटफुल उर्वशी श्रेष्ठ, वेस्ट कम्प्लेक्सन भिमादेवी बराल, मोस्ट सिन्सियर शर्मिला परियार, मोस्ट चार्मिङ सिता चन्द, मोस्ट पपुलर सृजना श्रेष्ट र पब्लिक च्याइस भिडियो अर्वाड लक्ष्मी बोहोरा चौहानले प्राप्त गर्न सफल भएका थिए ।
    अभिनेता सिद्धार्थ सिंह, मोडल तथा अभिनेत्री सुष्मा अधिकारी, मिस्टर ह्याण्डसम नेपाल–२०१९ तथा मोडल अभिसेक खड्का, मिसेस क्यापिटल क्विन नेपाल– २०२३ लक्ष्मी भुसाल र मिसेस नोबेल नेपाल २०२४ सिरुसा सापकोटा निर्णायक मण्डल रहेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij