Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

 निराशाजनक निर्यात व्यापार ,८ महिनामा १० खर्ब बढीको आयात, १ खर्बको मात्रै निर्यात

 निराशाजनक निर्यात व्यापार ,८ महिनामा १० खर्ब बढीको आयात, १ खर्बको मात्रै निर्यात

  • काठमाडौं । चालु अर्थिीक वर्षको ८ महिनामा निर्यात निराशाजन देखिएको छ । चालु आर्थिक वर्षको फागुनसम्म कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख रुपैयाँबराबरको आयात भएको छ भने निर्यात १ खर्वको मात्र भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ८ महिनाको अवधिमा आयात २।६६ प्रतिशतले घटेर सो रकम कायम भएको हो ।

    गत आर्थिक वर्षको सोही अवधिमा कुल १० खर्ब ५८ अर्ब ३८ करोड ५५ लाख रुपैयाँ बराबरको आयात भएको थियो । ८ महिनाको अवधिमा निर्यात पनि ३.९९ प्रतिशतले घटेर १ खर्ब ६१ करोड ४ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ खर्ब ४ अर्ब ७९ करोड ६१ लाख रुपैयाँबराबरको निर्यात भएको थियो ।

    विभागका अनुसार ८ महिनाको अवधिमा व्यापार घाटा २.५२ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ कायम भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा ९ खर्ब ५३ अर्ब ५८ करोड ९३ लाख रुपैयाँको व्यापार घाटा थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij