Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

फागुन मसान्तसम्म आन्तरिक राजस्व विभागले राजस्व आम्दानी लक्ष्य पूरा गर्न सकेन, ७२ अर्ब बढीले कम

फागुन मसान्तसम्म आन्तरिक राजस्व विभागले राजस्व आम्दानी लक्ष्य पूरा गर्न सकेन, ७२ अर्ब बढीले कम

  • काठमाडौं । आन्तरिक राजस्व विभागले चालु आर्थिक वर्षको सुरुको ८ महिनामा तोकिएको राजस्व आम्दानी लक्ष्य पूरा गर्न सकेको छैन् ।  फागुन मसान्तसम्म तोकिएको लक्ष्य भन्दा ७२ अर्ब बढी राजस्व आम्दानी कम असुल भएको विभागले जनाएको हो ।

    विभागका सूचना अधिकारी आनन्दप्रसाद गुप्ताले सार्वजनिक गरेको जानकारी अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ३ खर्ब १० अर्ब ९४ करोड २९ लाख ५८ हजार राजस्व संकलन भएको र  यो सो अवधिसम्म तोकिएको  लक्ष्यको तुलनामा ७२ अर्ब ६१ करोड १७ लाख ७१ हजारले घटी हो । विभागले चालु आर्थिक वर्षको ८ महिनामा ३ खर्ब ८३ अर्ब ५५ करोड ४७ लाख २९ हजार राजस्व आम्दानी गर्ने लक्ष्य लिएको थियो ।

    विभागले जनाए अनुसार राजस्व आम्दानी अन्तर्गत आयकरमार्फत १ खर्ब ३७ अर्ब ६५ करोड ८५ लाख ७३ हजार, घरभाडा करमार्फत १ अर्ब ५७ करोड १४ लाख ३२ हजाार, ब्याजकरमार्फत २७ अर्ब २ करोड २१ लाख ३३ हजार र मूल्य अभिवृद्धि कर (भ्याट)मार्फत ७५ अर्ब ३३ करोड ४६ लाख ८५ हजार आम्दानी भएको छ ।

    यसैगरी विभागले अन्तःशुल्कबापत ६२ अर्ब ८१ करोड ४ लाख ९० हजार, स्वास्थ्य सेवा करमार्फत ४ अर्ब ३१ करोड ८५ लाख ९१ हजार, शिक्षा सेवा करमार्फत २ अर्ब ७ करोड ७१ लाख २४ हजार र अन्य शीर्षकमा १४ करोड ९९ लाख ३० हजार रुपैयाँ आम्दानी भएको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij