Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरूको पनि प्रदर्शन गरिने

लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरूको पनि प्रदर्शन गरिने

  • काठमाडौं । आगामी वैशाखमा हुने तेस्रो लगानी सम्मेलनमा प्रदेश स्तरीय योजनाहरूको पनि प्रदर्शन गरिने भएको छ ।  अर्थमन्त्री एवम् लगानी सम्मेलन निर्देशक समिति संयोजक वर्षमान पुनले प्रदेशका योजना पनि समावेश  गरिने जानकारीदिएका हुन् ।

    यसका लागि  पुनले बिहीबार साँझ निर्देशक समिति सचिवालयमा रहेका आधा दर्जन बढी मन्त्री र मुख्यमन्त्रीहरूसँग अन्तर्क्रिया गरेका थिए ।त्यस क्रममा उनले हाल तयारी अवस्थामा रहेका वा नयाँ योजना छनोट गरी लगानी सम्मेलनमा समावेश गर्न मुख्यमन्त्रीहरूलाई आग्रह गरे । 

    छलफलमा कोशीका मुख्यमन्त्री केदार कार्की, मधेसका सरोज यादव र कर्णालीका राजकुमार शर्माले आफ्ना प्रदेशमा लगानीका लागि सम्भाव्य आयोजनाबारे जानकारी गराएका थिए ।

    सो छलफलमा  उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा, कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, वन तथा वातावरणमन्त्री नवलकिशोर साह  पनि सहभागी थिए ।

    यसैगरी सो छलफलमा  कोशीका मुख्यमन्त्री कार्की, मधेसका मुख्यमन्त्री यादव, कर्णालीका मुख्यमन्त्री शर्मा, मुख्यसचिव बैकुण्ठ अर्याल, अर्थ सचिव कृष्णहरि पुष्कर, बागमती प्रदेशका प्रमुख सचिव घनश्याम उपाध्याय, अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा लगायत पनि छलफलमा सहभागी थिए ।कार्यक्रममा मन्त्री पुनले लगानी वातावरण सुधारका लागि आवश्यक कानुनमा परिमार्जन प्रक्रिया अघि बढेको जानकारी दिए । उनले गैरआवासीय नेपालीलाई पनि लगानी सम्मेलनमा आउन आह्वान गरिएको बताए ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij