Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

एसईई परीक्षामा प्रश्‍न पत्रको गोपनियता भंग गर्ने १ जना कार्वाहीमा , विभिन्न केन्द्रबाट १३१ थान मोबाइल र स्मार्ट वाच १८ थान जफत

एसईई परीक्षामा प्रश्‍न पत्रको गोपनियता भंग गर्ने १ जना कार्वाहीमा , विभिन्न केन्द्रबाट १३१ थान मोबाइल र स्मार्ट वाच १८ थान जफत

  • सिरहा । एसईई परीक्षामा प्रश्न पत्रको गोपनियता भंग गर्ने १ जना कार्वाहीमा , विभिन्न केन्द्रबाट १३१ थान मोबाइल र स्मार्ट वाच १८ थान जफत राजेन्द्र महतो सिरहा ।सिरहाको विभिन्न परीक्षा केन्द्रहरुबाट मोवाईल र स्मार्ट वाच जफत गरिएको छ , भने प्रश्न पत्रको गोपनियता भंग गर्ने १ जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ। आइतबार एसईईको अनिवार्य गणित विषयको परीक्षामा जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटीएको टोलीले विभिन्न परीक्षा केन्द्रहरूबाट मोवाईल १३१ थान र स्मार्ट वाच १८ थान जफत गरी प्रश्न पत्रको गोपनियता भंग गर्ने १ लाई नियन्त्रणमा लिएको हो। जिल्लाको सुखिपुर नगरपालिका वडा नं. ७ स्थित श्री रजै मा.बि. बलही परीक्षा केन्द्र बाट प्रश्न पत्रको गोपनियता भंग गर्ने पप्पु कुमार सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। .

    गोलबजार नगरपालिका वडा नं. १३ का १८ बर्शिय पप्पु कुमार सिंहले परीक्षा संचालन भईरहेको बेला परीक्षा केन्द्र बाहिर कबिता फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखी ३० प्रती फोटोकपी गरी प्रश्न पत्रको गोपनियता भंग गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा सुरक्षार्थमा खटिएका प्रहरी टोलिले निजलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ। उनलाई ई.प्र.का.महेशपुरपतार सिरहामा राखी अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कर्यालय सिरहाले जनाएको छ। त्यसै गरी,जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनको लागि खटी गएको S.E.E. परीक्षा अनुगमनटोलीले विभिन्न परीक्षा केन्द्रहरूबाट मोवाईल १३१ थान र स्मार्ट वाच १८ थान समेत जफत गरी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij