Logo

Oct 22 2024 | २०८१, कात्तिक ६गते

images

हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाईले मेलम्चीको जस्तो हुने चिन्ता


नया सडक

२०८०, चैत २३ शुक्रबार

  • 732
    Shares

  • हुलाकी राजमार्गको निर्माणमा भइरहेको ढिलाईले मेलम्चीको जस्तो हुने चिन्ता

     काठमाडौं । तराई मधेशको मेरुदण्ड मानिएको हुलाकी राजमार्गमा भइरहेको ढिलाईले कतै यो पनि मेलम्चीजस्तो परियोजना बन्न लागेको  त हैन भन्ने चिन्ता चासो बढ्न थालेको छ ।सरकारले यसका लागि  साधन र स्रोतको अभाव नहुने बताइरहेको भएपनिे हुलाकी राजमार्ग विस्तारको कामले अपेक्षित गति लिन नसकेको देखेर यस्तो चिन्ता व्यक्त हुन थालेको हो ।

     संघीय संसद्को सार्वजनिक लेखा समितिकोे बैठकमा सोही आयोजनाका बारेमा भएको छलफलमा यस्तो चिन्ता चासो व्यक्त भयो ।हुलाकी सडक आयोजनाका प्रमुख अजयकुमार मुलले जनाए अनुसार कूल भौतिक प्रगति ६५ प्रतिशत बराबर छ । आर्थिक वर्ष २०६६÷६७ मा सुरु भएको सो आयोजनाको म्याद पटक–पटक थपिदै गएको छ ।

    पछिल्लो पटक थप भएको म्याद अनुसार आव २०८३÷८४ मा मात्रै सो आयोजना पूर्णरुपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो परियोजना  रु ६५ अर्बमा सम्पन्न गरिने लक्ष्य लिइएको थियो  । ढिलाईले अब यसको लागत तीन गुनाले बढेर एक खर्ब ९३ अर्ब रुपैयाँ बराबर पुगेको छ । 

    आयोजनाको अन्य क्षेत्रमा काम भए पनि चितवन, नवलपरासी, दाङ, बाँकेलगायतका जिल्ल्लाका वन क्षेत्रमा उत्पन्न समस्या समाधान हुन सकेको छैन । तराई–मधेशको समृद्धिसँग जोडिएको आयोजनामा अपेक्षित प्रगति नभएको र स्रोतको सहज उपलब्धता हुन नसकेको विषयमा आजको लेखासमितिको बैठकमा छलफल भयो ।  समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी सार्वजनिक गरे अनुसार  आयोजना सम्पन्न भएपछि यो राजमार्ग एक हजार आठ सय ५७ किलोमिटर लामो सडक निर्माण हुनेछ । तराई मधेशका स्थानीयहरूले यो राजमार्गमा ढिलाई भइ मेलम्चीजस्तो महँगो परियोजना हुनेमा चिन्ता व्यक्त गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस