Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

माधव नेपालकी छोरी सहित तीन जना मेडिकल काउन्सिलका चार रिक्त सदस्य पदका लागि सिफारिस

माधव नेपालकी छोरी सहित तीन जना मेडिकल काउन्सिलका चार रिक्त सदस्य पदका लागि सिफारिस

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  नेपाल मेडिकल काउन्सिलमा खाली रहेको  सदस्य पदमा नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरेको छ ।

     नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालकी छोरी डा. सुमन नेपालसहित तीन जनाको नाम सिफारिसभएको स्रोतको भनाइ छ ।

    डा. रिकेश जंग काकी र डा.मनोजमान श्रेष्ठको नाम पनि सिफारिशमा परेको हो ।

     स्रोत अनुसार काउन्सिलको सदस्य रिक्त पदमा ४ जना चाहिने भए पनि अहिले तीन जनाको नाम सिफारिस गरिएको हो ।

     नेपाल मेडिकल काउन्सिल ऐन २०२० दफा ४ मा काउन्सिलको समितिको गठन बारेमा उल्लेख छ । त्यसमा केही सरकारले मनोनित गर्ने, केही निर्वाचनबाटआउने र केही पदेन सदस्य बन्ने व्यवस्था छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij