Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

प्रतिनिधिसभाको  चालू अधिवेशन अन्त्यको घोषणा

प्रतिनिधिसभाको  चालू अधिवेशन अन्त्यको घोषणा

  • काठमाडौं ।  बैशाख २ गते  प्रतिनिधिसभाको  चालू अधिवेशन अन्त्य गरिएको छ।सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएपछि अन्त्य भएको हो ।  अधिवेशन आज वैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए।

    बैठकमा उनले प्रतिनिधिसभाको चालू अधिवेशनमा भएका कामबारे जानकारी गराए। चालू अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो। सो  अवधिको    २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय कामकारबाही व्यतित भएको जनाइयो ।  यस अधिवेशनमा अनुगमन तथा मूल्यांकन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भए।

    आजको बैठकको प्रारम्भमा कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए । साथै उनले आजका लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो।

    बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए। उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij