Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

२७२ किलो गाँजासहित  कन्टेनर र चालक सशस्त्र प्रहरी बलको नियन्त्रणमा

२७२ किलो गाँजासहित  कन्टेनर र चालक सशस्त्र प्रहरी बलको नियन्त्रणमा

  • काठमाडौं । सशस्त्र प्रहरी बलले २७२ किलो गाँजासहित  एउटा कन्टेनर र चालकलाई नियन्त्रणमा लिएको छ ।प्रहरीले  रुपन्देहीको रोहिणी गाउँपालिका–१ स्थित हुलाकी सडक खण्डअन्तर्गत बाइपास इलाकाबाट गाँजासहितको कन्टेनर नियन्त्रणमा लिएको हो ।प्रहरीले नियन्त्रणमा लिएको  नेपालबाट भारततर्फ जाँदै गरेको यूपी ७८ बीटी ८२९७ भारतीय नम्बरको कन्टेनरमा गाँजा फेला परेको हो ।

    नं. २७ गण रुपन्देहीबाट सशस्त्र प्रहरी उपरीक्षक आनन्द थापामगरको कमाण्डमा खटिएको टोलीले गाँजा फेला पारेपछि कन्टेनर र भारत घर भएका ३६ वर्षीय चालक सतनम सिंहलाई नियन्त्रणमा लिएको र नियन्त्रणमा लिइएका सिंहलाई बरामद गाँजा र ट्रकसहित आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय भैरहवामा बुझाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारीसार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij