Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

अख्तियारद्वारा सुरक्षण मुद्रण केन्द्रका निलम्बित विवेक पौडेल विरुद्ध अर्को पीआरसम्बन्धी मुद्दा दायर

अख्तियारद्वारा सुरक्षण मुद्रण केन्द्रका निलम्बित विवेक पौडेल विरुद्ध अर्को पीआरसम्बन्धी मुद्दा दायर

  • काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध अर्को मुद्दा दायर गरेको छ ।यसअघि पावर सिस्टम इन् सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्यांकको खरिदमा अनियमितता गरेको भन्दै २ अर्ब  ६९  करोडको मुद्दा पौडेल विरुद्ध हालिसकेको अख्तियारले अब अमेरिकाको पीआर लिएको आरोपसहित अर्को  मुद्दा दायर गरेको हो ।

    विदेशी मुलुकको स्थायी बसोबास अनुमतिप्राप्त व्यक्ति भएर पनि नेपालमा राष्ट्र सेवकको ओहदामा बसी लाभ र सुविधा प्राप्त गरेको अभियोगमा अख्तियारले मुद्दा दर्ता गरेको विशेष अदालतका सहायक प्रवक्ता यज्ञराज रेग्मीले जानकारी सार्वजनिक गरेका छन् ।यो मुद्दामा भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) अनुसार पौडेललाई  कैद सजाय माग गरिएको छ ।

    पीआर मुद्दामा सो दफा अनुसारको कसुर स्थापित भए ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रूपैयाँसम्म जरिवाना हुने भएको छ ।यसअघि अख्तियारले आयोगले सुरक्षण मुद्रण केन्द्रका प्रमुख पौडेलसहित ९ जनाविरूद्ध २ अर्ब ६९ करोड रुपैयाँ बिगो मागदाबीसहित मुद्दा हालेको थियो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij