Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

लगानी सम्मेलनमा १४८ परियोजना प्रदर्शन गरिने

लगानी सम्मेलनमा १४८ परियोजना प्रदर्शन गरिने

  • काठमाडौं । बैशाख १६ र १७ मा हुने तेस्रो लगानी सम्मेलनमा विभिन्न क्षेत्रका १४८ परियोजना प्रदर्शनी (सोकेस) हुने भएको छ । ती आयोजनाहरुमा अधिकांश जलविद्युतका छन् ।सम्मेलनको प्राविधिक समितिले ती परियोजनाको अन्तिम सूची तयार गरेको छ । ती परियोजनाले लगानी सम्मेलनमा प्रदर्शनमा राख्न स्वीकृति पाएको छ । सम्मेलनको प्राविधिक समिति, कार्यान्वयन समिति र निर्देशक समिति हुँदै परियोजनाको सम्मेलनमा प्रदर्शन हुने लगानी बोर्डले जनाएको छ ।

    सम्भाव्यता तथा पूर्वसम्भाव्यता अध्ययन, वातावरणीय मूल्यांकन अध्ययन, लागत, डीपीआर जस्ता अध्ययन भएको र नभएको गरी ८ वर्गमा विभाजन गरेर आयोजनाहरूलाई लगानी सम्मेलनमा प्रदर्शनीमा राखिने लगानी बोर्डले जनाएके छ ।

    कसरी प्रस्तुत हुनेछन् परियोजना ?

    लगानी बोर्डका अनुसार सम्मेलनमा सम्बन्धित छाता संगठनहरूले विज्ञ प्रतिनिधिहरू खटाउनेछन् । उनीहरूका लागि बोर्डले स्टलनहरू उपलब्ध गराएको छ ।

    ‘हामीले स्टलहरू उपलब्ध गराएका छौँ । उहाँहरूले परियोजनासँग सम्बन्धित विज्ञ व्यक्तिहरू परिचालन गर्नुहुन्छ । अनि लगानीकर्ताहरूले राखेको जिज्ञासाको जवाज दिनुहुन्छ,’ बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले भने ।

    निजी क्षेत्रबाट महाकाली सेती क्यासकेड जलविद्युत्, सिक्लेस अन्नपूर्ण केबलकार, जाल्पादेवी केबलकार, भरतपुर आइसल्यान्ड रिसोर्ट, मध्य कालीगण्डकी जलविद्युत्, टिपल्याङ कालीगण्डकी जलविद्युत्, आईएमई सिमेन्ट, काठमाडौं टेक्निकल स्कुल, पोडवेमा आधारित चुनढुंगा उत्खनन तथा वितरण, हेप्पी ल्यान्ड फन पार्क एन्ड रिसोर्ट परियोजना पेस गरिँदै छ ।

    यसगरी, नेचुरल एग्रिकल्चर फार्म, कम्पोस्ट मल परियोजना, रिभल्बिङ पार्किङ, अपर सानी भेरी जलविद्युत्, पेल्मा खोला अर्धजलाशय जलविद्युत्, दाना खोला जलविद्युत्, माथिल्लो बुढीगण्डकी जलविद्युत्, मुगु कर्णाली जलविद्युत्, ल्याद्रुक मोदी जलविद्युत्, बलेफी खोला जलविद्युत्, नरखोला जलविद्युत्, चुवा खोला क्यासकेड जलविद्युत्, अपर चुवा लुरुप्या जलविद्युत्, अपर अप्सुवा जलविद्युत्, अपर भेरी जलविद्युत्, सुर्के दुधकोशी जलविद्युत्, अपर मस्र्याङ्दी–१ जलविद्युत्, अप्सुवा खोला-१ जलविद्युत्, सगरमाथाको ट्रेलमा १० लक्जरी होटेल स्थापना र गोपीकृष्ण सेन्ट्रल प्लाजा परियोजना निजी क्षेत्रबाट सोकेस गर्न लागिएको छ ।यसअघि, दोस्रो लगानी सम्मेलन-२०१९ मा सरकारी र निजी क्षेत्र गरी ७७ वटा परियोजना सोकेस गरिएको थियो । त्यतिबेला पनि निजी क्षेत्रबाट ऊर्जा क्षेत्र नै हाबी थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij