Logo

Sep 13 2025 | २०८२, भदौ २८गते

Sep 13 2025 | २०८२, भदौ २८गते

images

उपनिर्वाचनमा  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई धक्का,बझाङमा एमालेका भण्डारी विजयी

उपनिर्वाचनमा  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई धक्का,बझाङमा एमालेका भण्डारी विजयी

  • काठमाडौं ।   उपनिर्वाचनमा  प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई धक्का लागेको छ । बझाङ १(१) मा एमालेका दमन भण्डारी विजयी भएका छन्। भण्डारीले निकटतम् प्रतिस्पर्धी कांग्रेसका अभिषेक सिंहलाई २६७ मतले पछाडि पारी  विजयी भएका हुन्। 

    भण्डारीले ११ हजार ६१३ मत प्राप्त गर्दा सिंहले ११ हजार ३४६ मत पाएका छन। माओवादीका जनक बुढा ३ हजार ८३१ मत ल्याउँदै तेस्राे स्थानमा छन भने एकीकृत समाजबादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन्। 

    विजयी भएका भण्डारी एमालेका जिल्ला अध्यक्ष हुन्। यता कांग्रेसले गत वर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छाेरा अभिषेकलाई उम्मेदवार बनाएकाे थियाे।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij