Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

विगतमा बामपन्थी एकता हुँदा संविधानै कुल्चने काम भएको अध्यक्ष नेपालको भनाइ

विगतमा बामपन्थी एकता हुँदा संविधानै कुल्चने काम भएको अध्यक्ष नेपालको भनाइ

  • काठमाडौं । विगतमा बामपन्थी एकता हुँदा पार्टी,विधान र संविधानै कुल्चिने काम भएको बताउँदै  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनमा सामेल भएपनि मनमा चैन नभएको बताएका छन् ।चितवनमा पार्टीको १० औं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रममा नेता नेपालले यस्तो बताएका हुन् ।

    समाजवादी अध्यक्ष नेपालले भने ‘विगतमा वामपन्थी एक हुँदा पार्टी विधान र देशको संविधानलाई कुल्चिने काम भयो, ठग्ने, लुट्ने, चुस्ने, भ्रष्टाचार गर्ने प्रवृत्ति हाबी भयो। त्यो अवस्थामा हामीले विद्रोह नगरेको भए संविधान मिच्ने प्रवृत्ति हाबी हुन्थ्यो । आफूलाई मन नपरेका मान्छे सबैलाई पाखा लगाइदिने हाबी हुन्थे । तर अब सुध्रिए भने कुनै आपत्ति छैन । सुध्रियोस् भन्ने हाम्रो चाहना छ। हामी आग्रह पालेर बसेको छैनौं।’

    यसैगरी उनले गठबन्धनमा भएपनि बस्न सहज नभएको उनले बताए । उनले भने ‘अहिले हामी यो गठबन्धनमा छौं। अल्लि चैन भइराख्या छैन। मनको चैन भइराख्या छैन। व्यवहारमै होला समस्या। अब कुन दिनमा के भइहाल्ने हो भन्ने स्थिति छैन ।  धेरै भनौं पत्रिकामा छापिइहाल्छ फेरि।’

    अध्यक्ष नेपालले विगतमा गरेका गल्तीबाट सुध्रिएर बामपन्थी एकताको विषयमा कुनै आपत्ति नरहेको प्रष्ट्याउँदै एकीकृत समाजवादी पार्टीले कुनै आग्रह पालेर नबसेको बताए।पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीहरूबीच एकता आवश्यक रहे पनि पहिले जस्तो एकताको अर्थ नरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij