Logo

Sep 12 2025 | २०८२, भदौ २७गते

Sep 12 2025 | २०८२, भदौ २७गते

images

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मान्यता

अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मान्यता

  • काठमाडौं ।  निर्वाचन आयोगले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलगिएर बनेको अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीलाई मान्यता दिएको छ। आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयले नयाँ दललाई दर्ता गर्ने निर्णय भएको जानकारी सार्वजनिक गरेका हुन् ।

    राईसहित प्रतिनिधि सभाका ७ जना सांसदहरूले नयाँ दर्ताका लागि आइतबार आयोगमा निवेदन दिएका थिए।

    सहायक प्रवक्ता पाण्डेयका अनुसार राजनीतिक दलसम्बन्धी ऐन २०७३, राजनीतिक दलसम्बन्धी नियमावली २०७४ र प्रचलित संघीय कानून बमोजिमका कानूनी प्रावधान पालना गर्ने सर्तमा उक्त दल दर्ता गरिएको हो।

    पाण्डेयका अनुसार  राजनीतिक दलसम्बन्धी ऐनको दफा ३३ र नियमावलीको नियम ५ बमोजिम जनता समाजवादी पार्टी (जनता समाजवादी) नामक राजनीतिक दल दर्ता गरी आयोगको दल दर्ता किताबमा अभिलेखीकरण गर्ने निर्णय भएको छ।

    आयोगले यो अभिलेखको विवरण संघीय संसद सचिवालय, सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय र उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई पनि पठाउने निर्णय गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij