Logo

Nov 12 2025 | २०८२, कात्तिक २६गते

Nov 12 2025 | २०८२, कात्तिक २६गते

images

आफैलाई नपुगेको बिजुली भारतलाई बेचेकोमा परिसंघको आपत्ति

आफैलाई नपुगेको बिजुली भारतलाई बेचेकोमा परिसंघको आपत्ति

  • काठमाडौं । आफैलाई नपुगेको बिजुली  नेपाल विद्युत प्राधिकरणले  भारतलाई बेचेकोमा उद्योगी व्यवसायीहरूले आपत्ति जनाएका छन् । नेपाल उद्योग परिसंघले नेपालका उद्योगहरूमा लोडसेडिङ यथावत रहेको अवस्थामा नेपाल विद्युत् प्राधिकरणले भारतमा बिजुली  निर्यात सुरु गरेकोमा आपत्ति जनाएको हो ।विद्युत् प्राधिकरणले सोमबारदेखि दैनिक ४०० मेगावाट विद्युत् निर्यात गरेको जानकारी सार्वजनिक गरेपछि त्यसको विरोध गरिएको छ ।

    परिसंघले  विद्युत् उत्पादन कम हुँदा आयात गरेरै भएपनि उद्योगहरूलाई विद्युत् उपलब्ध गराउन आग्रह गर्दै आएपनि प्राधिकरणले विद्युत् आयात गर्दा महँगो पर्ने तर्क गर्दै गरेको आरोप लगाएको छ ।  बिजुली अभावको  मारमा   विगत तीन महिनादेखि औद्योगिक क्षेत्र समस्यामा रहिआएको छ ।

    अहिले विद्युत् बचत हुँदा पनि उद्योगहरूलाई पर्याप्त बिजुली आपूर्ति नगरी भारतलाई निर्यात गरी बिजुली निर्यातकर्ताको स्वाङ गर्न खोजेको आरोप परिसंघको छ ।स्वदेशी उद्योगमा बिजुली मागेजति नदिने तर निर्यात गरेर आम्दानी देखाउने काम भएको परिसंघले विज्ञप्ति सार्वजनिक गरी आपत्ति गरेको   छ ।  परिसंघको विज्ञप्तिमा भनिएको छ ‘उद्योगहरूलाई पर्याप्त विद्युत् उपलब्ध गराएर बचत रहेको विद्युत् मात्रै निर्यात गर्न परिसंघ जोडदार माग गर्दछ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij