Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीमा  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्बरमा

जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीमा  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्बरमा

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरीमा कसुर गर्ने व्यक्तिहरू मध्ये  उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम पहिलो नम्बरमा रहेको छ । सर्वोच्च अदालतले झिकाएको सो  जाहेरीमा पहिलो नम्बरमै गृहमन्त्री लामिछानेको नाम उल्लेख गरिएको हो । सर्वोच्चले   आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको एक मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीमा दर्ता भएको जाहेरी मगाउने आदेश गरेको थियो । 

    सो  जाहेरीमा पहिलो नम्बरमा लालचन्द्र लामिछानेका छोरा रवि लामिछाने (गोर्खा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशक) भनी सरकारी ऐन र ठगीमा मुद्दा दायर हुनुपर्ने भनी उल्लेख गरिएको  छ ।

    पीडितहरूको जाहेरीको दोस्रो नम्बरमा ज्ञानबहादुर बमजन, नेत्रपाणि बास्तोला, नन्दकिसोर पुनका छोरा दीपेश पुन र पाँचौँ नम्बरमा गोर्खा मिडिया प्रालिको नाम उल्लेख गरिएको छ। उनीहरुले २०८० माघ २२ गते सो  जाहेरी दर्ता गरेका थिए । सो  जाहेरीपछि चौथो नम्बरमा रहेका दीपेश पुनसहितलाई मुद्दा दायर गरियो भने पहिलो नम्बरमै नाम उल्लेख भएका गृहमन्त्री लामिछानेलाई उन्मुक्ति दिइएको थियो । 

    यसरी सहकारीको रकम विभिन्न १८ वटा कम्पनीमा गैर कानुनी रूपमा स्थानान्तरण गरिएको दाबी जाहेरीमा गरिएको छ । नेचर हर्बल,नेचर नेष्ट प्रालि,जीवी ग्रुप अफ कम्पनी, गोर्खा आयुर्वेद लगायतका कम्पनीमा स्थानान्तरण गरिएको दाबी  गरिएका  यी सबै कम्पनी जीवी राई र उनी निकट मानिसहरूको नाममा थियो । 

    सर्वोच्चले सो  जाहेरी हेरेपछि अन्तरिम आदेशका बारेमा निर्णय गर्ने आदेश गरेको छ। सर्वोच्चले अर्को पेशी २८ गते तोकेर सर्वोच्चले सबै विपक्षीहरूसँग लिखित जवाफ पनि मगाएको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij