Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

स्थानीय तह जनप्रतिनिधिले सिंहदरवार घेर्ने भएपछि काटिएको वित्तीय समानीकरण अनुदान फिर्ता गर्ने ससंदमा अर्थमन्त्रीको प्रतिबद्धता

स्थानीय तह जनप्रतिनिधिले सिंहदरवार घेर्ने भएपछि काटिएको वित्तीय समानीकरण अनुदान फिर्ता गर्ने ससंदमा अर्थमन्त्रीको प्रतिबद्धता

  • काठमाडौं । स्थानीय तह जनप्रतिनिधिहरूले सिंहदरबार घेर्ने चेतावनी दिएपछि सरकारले काटिएको वित्तीय समानीकरण अनुदान फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ ।अर्थमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने वित्तीय समानीकरण अनुदान चार किस्तामा भुक्तानी गर्ने सदनमा घोषणा गरेका हुन् । 

    उनले बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै २५ प्रतिशतका दरले चार किस्तामा सो अनुदान वितरण गरिने व्यवस्था गरिएको खुलाए ।प्रदेश र स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको २५ प्रतिशतका दरले भदौ २, कात्तिक २, माघ २ र वैशाख २ निर्धारण गरी चार किस्तामा हस्तान्तरण व्यवस्था गरेको उनले बताए ।

    संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान कटौती गर्ने गरेको थियो । सोही निर्णयअनुसार स्थानीय तहको अन्तिम किस्ताको समानीकरण अनुदान कटौती भएको थियो । त्यो कटौती भएपछि स्थानीय तहका जनप्रतिनिधिले विरोधमा उत्रिए । केही दिन अघि  अर्थमन्त्रालयमै पुगेर स्थानीयतहका जनप्रतिनिधिहरूले समानीकरण कटौती फिर्ता नभए सिंहदरबार घेर्ने चेतावनी दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij