Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

स्क्वायर बचत तथा ऋण सहकारीका रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

स्क्वायर बचत तथा ऋण सहकारीका रकम हिनामिना गरेको आरोपमा तीन जना पक्राउ

  • काठमाडौं । प्रहरीले  काठमाडौंको स्क्वायर बचत तथा ऋण सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालयमा संचालकहरूले निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले तीन जनालाई पक्राउ गरेको एसपी होबिन्द्र बोगटीले जानकारी सार्वजनिक गरेका हुन् ।

    पक्राउ पर्नेमा सहकारीका अध्यक्ष कुलेश्वर बस्ने ६६ वर्षीय बासुदेव मान जोशी, सचिव ६७ वर्षीया सुवर्ण सेलालिक र सदस्य ५८ वर्षीय धर्म रत्न पाछैं रहेका छन्।उनीहरूले निक्षेपकर्ताहरूलाई आकर्षक ब्याजदर दिन्छु भनेर प्रलोभन देखाएर निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाएका थिए। 

    तर त्यसबापत बचतकर्ताहरूले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटकपटक ताकेता गर्दा पनि फिर्ता नदिएकाले काठमाडौं महानगरपालिका सहकारी विभागले सीआइबीलाई पत्राचार गरेको थियो।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij