Logo

Oct 22 2025 | २०८२, कात्तिक ५गते

Oct 22 2025 | २०८२, कात्तिक ५गते

images

प्रदेश प्रदत्त खानेपानी बजेट भ्रष्टाचार गर्ने संखुवासभा शारदा माविका तत्कालीन प्रधानाध्यापकसमेत चार विरुद्ध मुद्दा दायर

प्रदेश प्रदत्त खानेपानी बजेट भ्रष्टाचार गर्ने संखुवासभा शारदा माविका तत्कालीन प्रधानाध्यापकसमेत चार विरुद्ध मुद्दा दायर

  • काठमाडौं ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संखुवासभाको धर्मदेवी नगरपालिका–४ हुम्लिङमा रहेको शारदा माध्यमिक विद्यालयको खानेपानी योजना निर्माणमा भ्रष्टाचार गरेको भनी तत्कालीन प्रधानाध्यापक कृष्णहरि भट्टराईसमेत चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    आयोगले विद्यालयको खानपानी र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट अनियमितता गरेको भन्दै प्रधानाध्यापक भट्टराई, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोपाल कुमार अधिकारी, शिक्षक लालबाबु मण्डल र शाक्य अफसेट प्रेसका प्रोप्राइटर केशब कुमार शाक्यविरुद्ध विशेष अदालत काठमाडौंमा बुधबार भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।विद्यालयले प्रदेश सरकारबाट खानेपानी योजना र पुस्तकालय निर्माणका लागि विनियोजित बजेट कुनै पनि काम नै नगरी बिल भरपाई मिलाई अनियमितता गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा अनियमितता गरेको पाइएपछि अख्तियारले मुद्दा दायर गरेको हो ।

    अख्तियारका प्रवक्ता नरहरि सापकोटाले जानकारी सार्वजनिक गरे अनुसार  प्रधानाध्यापक भट्टराई र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अधिकारीलाई ८ लाख ३ हजार ४५५, तत्कालीन शिक्षक मण्डललाई ३ लाख ४३ हजार र प्रेस सञ्चालक शाक्यलाई ४ लाख १० हजार ४५५ रुपैयाँ जरिवाना र त्यति नै बिगो असुल उपर गर्न मुद्दामा माग दाबी गरिएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij