Logo

Oct 23 2025 | २०८२, कात्तिक ६गते

Oct 23 2025 | २०८२, कात्तिक ६गते

images

सात इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजीमा

सात इन्टरनेट सेवा प्रदायक कम्पनीको लाइसेन्स खारेजीमा

  • काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सात वटा इन्टरनेट सेवा प्रदायक कम्पनीको अनुमतिपत्र (लाइसेन्स) इ–मेलसहित रद्द गरेको छ ।तोकिएको समयभित्र नवीकरण नगरेपछि ७ वटा सेवा प्रदायकको लाइसेन्स स्वतः रद्द भएको प्राधिकरणले जानकारी सार्वजनिक गरेको हो ।

    यी सात सेवा प्रदायकले ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १२ बमोजिम अनुमतिपत्र नवीकरण गर्न तोकिएको समय अवधिभित्र अनुमतिपत्र नवीकरणवापतको दस्तुर बुझाएर अनुमतिपत्र नवीकरणको लागि निवेदन पेस नगरेकोले,’ लाइसेन्स खारेज भएको प्राधिकरणले जनाएको छ ।

    लाइसेन्स खारेजीमा परेका सेवा प्रदायक कम्पनीहरूमा श्री वशिष्ठ केबल नेट प्रालि, श्री इन्फो नेट टेक्नोलोजी प्रालि, श्री सिम्पल इन्टेलिजेन्ट सिस्टम एण्ड टेक्नोलोजी प्रालि, श्री एशिया नेट कम्युनिकेशन प्रालि, श्री फास्ट स्पिड लिंक नेटवर्क प्रालि, श्री यस नेट नेपाल प्रालि र श्री मिथिला डिजिटल नेपाल प्रालि रहेका छन् ।

    खारेजी साथ  प्राधिकरणले लाइसेन्स रद्द हुनुअघि सेवाप्रदायकले नेपाल सरकार तथा प्राधिकरणलाई नियमानुसार तिर्न बाँकी रकमसमेत ३० दिनभित्र बुझाउन निर्देशन दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij