Logo

Jun 02 2025 | २०८२, जेठ १९गते

Jun 02 2025 | २०८२, जेठ १९गते

images

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य , प्रतितोला एक लाख ४१ हजार रुपैयाँ

तोलामा रु एक हजार छ सयले बढ्यो सुनको मूल्य , प्रतितोला एक लाख ४१ हजार रुपैयाँ

  • काठमाडौँ ।  स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार छ सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन शुक्रबार तोलामा रु एक लाख ४१ हजार दुई सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार आठ सय निर्धारण भएको छ ।

    तेजाबी सुन शुक्रबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४२ हजार एक सय निर्धारण भएको छ । चाँदीको मूल्य भने स्थिर छ । चाँदी शुक्रबार प्रतितोला रु एक हजार आठ सयमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij