Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

आयात-निर्यात घट्यो, ११ महीनामा १४ खर्ब ५३ अर्बको आयात

आयात-निर्यात घट्यो, ११ महीनामा १४ खर्ब ५३ अर्बको आयात

  • काठमाडौं । चालू आर्थिक वर्ष (आव) २०८०/८१ को ११ महीनामा आयात(निर्यात घटेको छ । भन्सार विभागले शुक्रवार सार्वजनिक गरेको साउनदेखि जेठ मसान्तसम्मको तथ्यांकअनुसार आयात १.८४ प्रतिशतले र निर्यात ३.०१ प्रतिशतले घटेको जनाएको छ । 

    तथ्याङ्कअनुसार यस अवधिमा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात भएको छ । गत वर्षको सोही अवधिमा १४ खर्ब ८० अर्ब ९८ करोड ११ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।

    यसैगरी ११ महीनामा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ ।  ११ महीनामा व्यापार घाटा १.७२ प्रतिशतले घटेको छ । विभागको तथ्याङ्कअनुसार ११ महीनामा १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij