Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

सहकारीको समस्या समाधान नभए  अर्थतन्त्रको समस्या समाधान नहुने गभर्नरको चेतावनी

सहकारीको समस्या समाधान नभए  अर्थतन्त्रको समस्या समाधान नहुने गभर्नरको चेतावनी

  • काठमाडौं । सहकारीमा उत्पन्न समस्याले अर्थतन्त्र समस्यामा परेको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकका विज्ञहरूले औँल्याएका छन् ।नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सहकारी संस्थाको निक्षेप दुरुपयोगले अर्थतन्त्रमा समस्या आएको बताएका हुन् ।

    नेपाल आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा गरेको कार्यक्रममा गभर्नर अधिकारीले बैंकहरुको खराब कर्जा बढ्नुमा पनि सहकारी क्षेत्रमा समस्या हुनु मुख्य कारण भएको बताउँदै यस्तो खुलाए ।सहकारीको समस्या समाधान नभएसम्म अर्थतन्त्रमा सुधार नहुने बताउँदै  उनले सहकारीमा सुधार नआएसम्म बैंकहरुको खराब कर्जा नघट्ने बताए ।

    अर्थतन्त्रमा सहकारीको भूमिका ठूलो छ। । सहकारीहरु बैंकजस्तो भएर अगाडि बढ्दा समस्या देखियो। हामीले सहकारीमा दोस्रो तहको नियामक आवश्यक छ भनेर २० वर्ष अगाडिदेखि भन्दै आएको भएपनि सुनुवाइ  नभएको बताउँदै गभर्नर अधिकारीले त्यसैले  अहिले समस्या आएको र सहकारीको समस्या समाधान नहुँदासम्म बैंकको खराब कर्जा पनि नघट्ने र अर्थतन्त्रमा पनि सुधार नआउने बताए ।
    खराब ऋण बढ्नुमा बैंकहरुलाई पनि दोषी भएको बताउँदै गभर्नर अधिकारीले  बैंकहरुले राम्रोसँग नियमन नगरेको आरोप लगाए । नेपाल बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष राजेश उपाध्यायले बढ्दै गएको खराब कर्जाले अर्थतन्त्रमा ठूलो समस्या सिर्जना गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij