Logo

Jun 09 2025 | २०८२, जेठ २६गते

Jun 09 2025 | २०८२, जेठ २६गते

images

नेपाल उड्डयन प्राधिकरणद्वारा  वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित पाँच जना निलम्बित

नेपाल उड्डयन प्राधिकरणद्वारा  वायुसेवा निगमका कार्यकारी अध्यक्षसहित पाँच जना निलम्बित

  • काठमाडौं। नेपाल वायुसेवा निगमका(एनएसी) कार्यकारी अध्यक्ष युवराज अधिकारीसहित पाँच जना निलम्बित भएका छन्।नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले कार्यकारी अध्यक्ष अधिकारीसहित पाँच जनालाई निलम्बन गरेको हो ।क्यानको अनुमतिबिनै र क्यानको मान्यता प्राप्त नभएका कम्पनीमा नाइन  एन–एएलवाई कलसाइनको वाइडबडी जहाज सि–चेक (विस्तृत मर्मत सम्भार)का लागि पठाएका कारण अधिकारीसहित एनएसीका पाँच अधिकारीलाई  क्यानले निलम्बन गरेको छ । यसअघि दुई पटक हटाउन खोजेका अधिकारीलाई क्यानले  एनएसीको अकाउन्टेबल म्यानेजरका रुपमा काम कारबाही गर्नबाट रोक लगाएको छ। 

    यसअघि  विभागीय मन्त्रीको साथ नपाएका कारण क्यानका महानिर्देशक प्रदीप अधिकारीले निर्णय गर्न सकेका थिएनन्।क्यानका अधिकारीहरूका अनुसार यसपटक एनएसीका अध्यक्षले लापरबाहीको सीमा नाघेका छन् । नागरिक उड्डयन प्राधिकरण नियमावली २०५८ मा वायुयान मर्मत सम्भार गर्ने विदेशी संस्थाले नेपाली वायुयान मर्मत सम्भार  गर्ने भएमा क्यानसँग अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । क्यानका महानिर्देशकले दरखास्त परेपछि आवश्यक जाँचबुझ गरी सर्त तोकेर नेपाली वायुयानको मर्मत सम्भार र ओभरहल गर्न पाउने गरी मान्यता दिन सक्ने व्यवस्था नियमावलीमा छ।

    विदेशी कम्पनीले जहाज मर्मत सम्भार  वा ओभरहल गर्दा लापरबाही  गरेमा क्यानका महानिर्देशकले त्यस्तो संस्थाको मान्यता फिर्ता लिन सक्ने पनि नियमावलीमा छ।यता  एनएसीले सि–चेकका लागि भनेर जहाज पठाएको इटालियन कम्पनी एटिटेक एसपीएले जहाज मर्मत सम्भारका लागि क्यानमा निवेदन नै दिएको छैन। आफूले मान्यता नै नदिएको कम्पनीमा एनएसीले अनुमतिबिनै जहाज सि–चेकका लागि पठाएपछि क्यान एनएसी व्यवस्थापनसँग क्रोधित हुन पुग्यो ।

    अध्यक्ष अधिकारीलाई साथ दिएका डाइरेक्टर दिपु ज्वारचन, कन्टिन्युइङ एयर वर्दिनेस मेन्टिनेन्स अर्गनाइजेसन म्यानेजर ज्ञानबहादुर कुँवर, क्याप्टेनद्वय रमन घिमिरे र महेश्वरमान डंगोल पनि कारबाहीमा परेका छन्। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij