Logo

Sep 05 2025 | २०८२, भदौ २०गते

Sep 05 2025 | २०८२, भदौ २०गते

images

गोरखा मिडियामा रकम प्रवाहित गर्ने सहकारीको कागजात संसदीय छानबिन समितिद्वारा माग

गोरखा मिडियामा रकम प्रवाहित गर्ने सहकारीको कागजात संसदीय छानबिन समितिद्वारा माग

  • काठमाडौं । सहकारी संस्थाका बचत रकम दुरूपयोगबारे छानबिन गर्न गठित संसदीय विशेष समितिले गोरखा मिडियामा रकम प्रवाहित गर्ने ९  सहकारीको विवरणसम्बन्धी कागजात मागेको छ ।संसदीय विशेष समितिको बुधबार बसेको बैठकले गोरखा मिडियामा गएको भनिएका सहकारीहरुको कागजात माग गर्ने निर्णय गरिएको हो ।

    समितिका सभापति सूर्य थापाले जानकारी सार्वजनिक गरेअनुसार  समितिले आइडियल यमुना बहुउद्देश्यीय संस्था, इमेज बचत तथा ऋण सहकारी संस्था, सहारा बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुमेरू बचत तथा ऋण सहकारी र स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको कागजात माग गर्ने निर्णय भएको हो ।

    यीमध्ये पोखराको सूर्यदर्शनलगायत केही सहकारीबाट गोरखा मिडियामा बचत रकम आएको आरोप छ। ग्यालेक्सी टेलिभिजन सञ्चालक संस्था गोरखा मिडिया हो। गृहमन्त्रीको जिम्मेवारी सम्हालेका उपप्रधानमन्त्री रवि लामिछाने ग्यालेक्सी टिभीको प्रबन्ध निर्देशक भएर गोरखा मिडियामा काम गरेका थिए।

    समितिका सभापति थापाका अनुसार अनुसूची २ मा  रहेका ९ वटा सहकारीका पछिल्लो साधारण सभाको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, सञ्चालक समितिको विवरण, लेखा सुपरीवेक्षण समिति र त्यसको प्रतिवेदनलगायत माग गरिएको छ।समितिले विभिन्न सहकारीमार्फत् गोरखा मिडियामा प्रवाह भएको रकमको स्थितिसहित ६ बुँदासहित कागजात माग गर्ने निर्णय गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij