Logo

Nov 03 2025 | २०८२, कात्तिक १७गते

Nov 03 2025 | २०८२, कात्तिक १७गते

images

सरकारले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्नेहरूका लागि करिब ५ लाख बढी शिक्षण शुल्क तोक्यो

सरकारले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्नेहरूका लागि करिब ५ लाख बढी शिक्षण शुल्क तोक्यो

  • काठमाडौं । सरकारले काठमाडौं उपत्यका भित्रको तुलनामा उपत्यका बाहिर्र  एमबीबीस पढाई पढनेहरूका लागि करिब ५ लाख बढी शैक्षिक शुल्क तोकेको छ ।

    चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको निर्णय अनुसार काठमाडौं उपत्यका भित्र एमबीबीएस पढ्नेहरूका लागि ४१ लख ६८ हजार ९० रुपैया र उपत्यका बाहिर पढ्नेहरूका लागि ४५ लाख ९५ हजार ७सय २० रुपैयाँ तोकेको हो ।

    यसैगरी बीडीएस पढ्न २० लाख  ९२ हजार  २९० र बीएससी नर्सिङ पढ्नेहरूका लागि  १० लाख ३६ हजार हजार शिक्षण शुल्क तोकिएको छ ।

    आयोगले चिकित्सा शिक्षा स्नातक तह र सो भन्दा माथिका शैक्षिक कार्यक्रमका लागि शिक्षण शुल्क निर्धारण तथा  शुल्क समायोजन सम्बन्धमा आयोगको विभिन्न मितिमा बसेको  बैठकबाट निर्णय भई कायम भएको देहाय बमोजिमको शुल्क  प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि निर्णयानुसार अनुरोध छ भनी सार्वजनिक गरेको सूचनामा यस्तो जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij