Logo

Jul 02 2025 | २०८२, असार १८गते

Jul 02 2025 | २०८२, असार १८गते

images

चीनतर्फ हुने अष्ट्रेलियाली मदिरा निर्यातमा वृद्धि

चीनतर्फ हुने अष्ट्रेलियाली मदिरा निर्यातमा वृद्धि

  • क्यानबेरा ।अष्ट्रेलियाली सरकारले मे महिनामा चीनतर्फ जाने मदिरा निर्यातमा भएको वृद्धि स्वागतयोग्य भएको बताएको छ । 

    कृषि, मत्स्य पालन तथा वनमन्त्री मुरे वाटले सोमबार भन्नुभयो, अष्ट्रेलियाले मे महिनामा चीनमा ९८ लाख बन्द बोतल मदिरा ९वाइन० निर्यात गरेको थियो जसको कुल मूल्य १४२।२ मिलियन अष्ट्रेलियन डलर ९९६.३ मिलियन अमेरिकी डलर० हुन्छ । 

    यो सन् २०१९ यता अस्ट्रेलियाबाट चीनतर्फ बोतलबन्द वाइन निर्यातको चौथो उच्च मासिक आँकडा हो ।

    कोभिड–१९ महामारीअघि सन् २०१९ को औसत मासिक निर्यात मूल्यभन्दा मे महिनामा निर्यातको कुल मूल्य पाँच करोड अष्ट्रेलियन डलर ९तीन करोड ३८ लाख अमेरिकी डलर० बढी देखिएको छ ।

    चीनको वाणिज्य मन्त्रालयले गत मार्चमा अष्ट्रेलियाली वाइनमा लगाइएको ‘एन्टी डम्पिङ’ र ‘एन्टी–सब्सिडी’ कर अन्त्य गर्ने घोषणा गरेको थियो । मन्त्री वाटद्वारा जारी वक्तब्यमा भनिएको छ, “मे को निर्यातको आँकडाले चीनसँगको सम्बन्धलाई स्थिर बनाउन सत्तारुढ लेबर पार्टीको कामको महत्वलाई दर्शाउँछ ।”

    “यसले अब अष्ट्रेलियाली किसानहरू र सम्पूर्ण कृषि उद्योगलाई वास्तविक लाभांश प्रदान गरिरहेको छ,” उहाँले भन्नुभयो । 

    “मूल्य र आयतनमा यो विशाल वृद्धि हाम्रा धेरै प्रतिभाशाली वाइन निर्माताहरूको लागि खुशीको खबर हो । 

    मे महिनामा चीननिर्यात गरिएको बोतलबन्द वाइनमध्ये १२ करोड ५० लाख अष्ट्रेलियाली डलर (आठ करोड ४६ लाख अमेरिकी डलर)बराबरको ७४ लाख लिटर वाइन साउथ अस्ट्रेलिया (एसए) को वाइनरीबाट आएको थियो ।

    वाइन अस्ट्रेलियाका अनुसार अस्ट्रेलियाको वार्षिक वाइन उत्पादनको करिब ५० प्रतिशत हिस्सा दक्षिणी राज्यले ओगटेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij