Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

बंगलादेशमा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै, हजारौँ नेपाली बंगलादेश छाड्दै

बंगलादेशमा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै, हजारौँ नेपाली बंगलादेश छाड्दै

  • काठमाडौँ । सरकारी सेवामा विशेष आरक्षणको विरोधमा एक सातादेखि जारी आन्दोलन हिंसात्मक बन्दै गएपछि आठ सय नेपाली विद्यार्थीले बंगलादेश छाडेका छन् । परराष्ट्र मन्त्रालयले शनिबारसम्ममा आठ सय नेपालीले हवाई र स्थलमार्ग हुँदै बंगलादेश छाडेको जनाएको हो ।

    सन् १९७१ मा पाकिस्तानविरुद्ध भएको स्वतन्त्रता संग्रामका भूतपूर्व सैनिकका छोराछोरीसहित निजामती सेवाका आधाभन्दा बढी पद विशिष्ट समूहका लागि आरक्षित गर्ने कोटा प्रणाली अन्त्य गर्न यस महिना दैनिक प्रदर्शनकोे आह्वान गरिएको छ । आलोचकहरूका अनुसार यो योजनाले सन् २००९ देखि देशमा शासन गरिरहेकी र जनवरीमा लगातार चौथो पटक चुनाव जितेकी ७६ वर्षीया हसिनाप्रति वफादार परिवारलाई फाइदा पुर्याउँछ ।

    हसिनाको सरकारमाथि अधिकारवादी समूहहरूले सत्तामाथि आफ्नो पकड बलियो बनाउन राज्यका संस्थाहरूको दुरुपयोग गरेको र विपक्षी कार्यकर्ताको गैरन्यायिक हत्यासहित असहमतिलाई निस्तेज पारेको आरोप लगाउँदै आएका छन् ।प्रदर्शनकारीले मङ्गलबार पहिलो मृत्यु भएपछि हसिनालाई पदबाट हट्न माग गर्न थालेका छन् ।

    “यो अब विद्यार्थीको अधिकारको कुरा मात्र होइन, आन्दोलनमा सबैको चासो बढेको छ ।” रामपुरा प्रदर्शनस्थलमा पुगेका २४ वर्षीय व्यवसायी हसिबुल शेखले एएफपीसँगभने । उनले भने , “हामी अहिले सर्वसाधारणका रुपमा यहाँ छौं । सरकारको राजीनामा हाम्रो अहिलेको निर्विकल्प माग हो ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij