Logo

Jul 06 2025 | २०८२, असार २२गते

Jul 06 2025 | २०८२, असार २२गते

images

१ लाख घुससहित पक्राउ परेका फुङलिङ नगरपालिका इञ्जिनियरविरुद्ध मुद्दा दायर

१ लाख घुससहित पक्राउ परेका फुङलिङ नगरपालिका इञ्जिनियरविरुद्ध मुद्दा दायर

  • काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  ताप्लेजुङको फुङलिङ नगरपालिकामा कार्यरत इञ्जिनियर मोहम्मद अख्तर हुसैनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । खेलकुद मैदान निर्माणमा सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा आयोगको इटहरी कार्यालयबाट गएको टोलीले पक्राउ गरेको थियो । 

    आयोगको टोलीले इञ्जिनियर हुसैनलाई रु एक लाख घुससहित पक्राउ गरेको हो । आयोगले आरोपी हुसैनविरुद्ध बिगो बमोजिम कारबाहीको माग गर्दै आज विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij