Logo

Jul 05 2025 | २०८२, असार २१गते

Jul 05 2025 | २०८२, असार २१गते

images

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

प्रधानमन्त्री ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाए

  • काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । सौर्य एयरलाइन्स दुर्घटना भएको स्थलको स्थलगत निरीक्षण गरी फर्केपछि ओलीले बैठक डाकेका हुन् । 

     बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका आवश्यक निर्णय लिन  प्रधानमन्त्रीले बैठक डाकेका छन् ।

    प्रधानमन्त्रीको सचिवालयका अनुसार दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनेछन् । साथै एक आयोग बनाउने तयारी छ ।

    यसअघि घटनास्थलको स्थलगत भ्रमण गरिसकेका गृहमन्त्री रमेश लेखकले पनि यो दुर्घटनाको छानाबिनका लागि समिति बनाइने जानकारी सार्वजनिक गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij