Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै गत आर्थिक वर्षमा ७० अर्ब बढीको लगानी प्रतिबद्धता ल्याउन पायो, सरकार ढल्दैगर्दा असारमै सबै भन्दा बढी प्रतिबद्धता आयो

प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै गत आर्थिक वर्षमा ७० अर्ब बढीको लगानी प्रतिबद्धता ल्याउन पायो, सरकार ढल्दैगर्दा असारमै सबै भन्दा बढी प्रतिबद्धता आयो

  • काठमाडौं । गत आर्थिक वर्ष २०८०/०८१ मा ७० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता आएको छ । अघिल्लो वर्ष साउनदेखि गत असारसम्मको गत आर्थिक वर्षको अवधिमा विभिन्न मुलुकका लगानीकर्ताबाट ७० अर्ब २० करोड बढी रुपैयाँ बराबरको  विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो ।

    ५सय ४६ वटा लगानीमार्फत ७० अर्ब रुपैयाँभन्दा बढीको प्रतिबद्धता आएको उद्योग विभागले जानकारी सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा स्वचालित प्रणाली र परम्परागत प्रणालीबाट गरी सो रकम बराबरको लगानीको प्रतिबद्धता प्राप्त भएको जनाइएको छ ।सरकारले वैशाख १६ र १७ गते दुई दिने लगानी सम्मेलनले गरी लगानीकर्तालाई लगानी गर्न आह्वान समेत गरेको थियो । त्यस क्रममा स्वचालित प्रणालीको सुरुवात गरिएको  थियो । स्वचालित बाटो (अटोमेटिक रुट)मार्फत ५० करोड रुपैयाँसम्मका विदेशी लगानीका उद्योग स्थापना गर्न सकिन्छ ।

    यो माध्यमबाट ऊर्जामूलक उद्योग, कृषि तथा वन पैदावारमा आधारित उद्योग, पूर्वाधार उद्योग, पर्यटन उद्योग, सूचना प्रविधिमा आधारित उद्योग, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योगसमेत दर्ता गर्न पाइने प्रावधान छ ।वैशाखको तेस्रो सातादेखि सञ्चालनमा आएको यो स्वचालित बाटोको प्रणालीबाट  ८ अर्ब ११ करोड ६२ लाख रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । 

    उपस्थित बनेर दर्ता गर्ने विधि परम्परागत प्रणालीमार्फत ६१ अर्ब ९० करोड ४५ लाख रुपैयाँको प्रतिबद्धता आएको  जनाइएको छ । स्वचालित प्रणाली र परम्परागत प्रणालीमार्फत गरी कुल ७० अर्ब २० करोडको लगानी प्रतिबद्धता आएको हो ।सो अवधिमा ५४६ वटा उद्योग स्थापनाको प्रतिबद्धता आएको छ । नेपालमा वैदेशिक लगानी सुरु भएयता हालसम्म  ६ हजार २६७ वटा प्रतिबद्धतामार्फत ५ खर्ब ११ अर्ब ८९ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिबद्धता आएको छ ।

    विदेशी लगानीकर्ताले गरेको लगानी प्रतिबद्धता बमोजिम लगानी भित्रिए २२ हजार ९४ जनाले रोजगारी पाउने अपेक्षा गरिएको छ ।
    तर नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार प्रतिबद्धता बमोजिम लगानी नआउने गरेको छ ।गत आर्थिक वर्ष २०८०/८१ मा सबैभन्दा धेरै लगानी असार महिनामा भित्रिएको छ । तथ्यांक अनुसार असार महिनामा मात्रै १९ अर्ब ९५ करोड रुपैयाँ विदेशी लगानीको प्रतिबद्धता आयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij