Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

नेटवर्थ तथा प्रिमियम मूल्यमा एकरुपता ल्याउन नेपाल धितोपत्र बोर्ड नीति तयार गर्दै

नेटवर्थ तथा प्रिमियम मूल्यमा एकरुपता ल्याउन नेपाल धितोपत्र बोर्ड नीति तयार गर्दै

  • काठमाडौं। आइपीओ निष्कासन गर्न निवेदन दिने कम्पनीको नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता ल्याउन  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले  नीति बनाउने भएको छ ।सेबोनले सार्वजनिक निष्कासनमा नेटवर्थ तथा प्रिमियम मूल्य निर्धारणमा एकरुपता ल्याउन नीति बनाउने काम सर्वाजनिक लेखा समितिको निर्देशन समेतलाई ध्यान दिएर अगाडि बढाउने भएको हो ।

    सेबोनले सार्वजनिक लेखा समितिको निर्देशन तथा अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यान दिएर मानदण्ड तयार पार्न लागेको छ ।२०८० पुस १२ गते प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले प्रिमियम मूल्यमा आइपीओ निष्कासन गर्न दिएको विषयमा प्रश्न उठाइ  प्रिमियम मूल्यमा आइपीओ निष्कासनमा अंकुश लगाउँदै बुकबिल्डिङ प्रक्रियामार्फत निष्कासन गराउन निर्देशन दिएको थियो।

    यसैगरी ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासनको स्वीकृति नदिन निर्देशन दिइएको थियो। समितिको निर्देशनपछि सेबोनले प्रिमियम मूल्य र ९० भन्दा कम नेटवर्थ भएका कम्पनीलाई आइपीओ निष्कासन गर्न स्वीकृति दिएको छैन।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij