Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

वीरगञ्ज उद्योग वाणिज्य संघाद्वारा प्रहरी र राजस्व अनुसन्धान विभागलाई मालवाहक सवारी साधन चेकजाँच नगर्न आग्रह

वीरगञ्ज उद्योग वाणिज्य संघाद्वारा प्रहरी र राजस्व अनुसन्धान विभागलाई मालवाहक सवारी साधन चेकजाँच नगर्न आग्रह

  • वीरगञ्ज । वीरगञ्ज उद्योग वाणिज्य संघले  प्रहरी र राजस्व अनुसन्धान विभागलाई मालवाहक सवारी साधन चेकजाँच नगर्न आग्रह गरेको छ । वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित राजस्व अनुसन्धान कार्यालय पथलैयाका नवआगन्तुक प्रमुख अनुसन्धान अधिकृत बैकुण्ठ सापकोटाको स्वागत तथा अन्तरक्रिया कार्यक्रममा यस्तो आग्रह गरिएको हो ।

    कार्यक्रममा  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले प्रहरी र राजस्व अनुसन्धानले भन्सारबाट छुटेका मालवाहक सवारी साधनलाई चेकजाँचको नाममा दुख दिएको बताउँदै प्रहरी र राजस्व अनुसन्धान विभागको सो कार्य बन्द गर्न आग्रह गरे ।

    कार्यक्रममा सहभागीहरुले राजस्व अनुसन्धान विभाग र प्रहरीले चेकजाँचमा दुख दिएको भन्दै त्यसो नगर्न भनेका थिए ।सो अवसरमा राजस्व अनुसन्धान कार्यालय पथलैयाका प्रमुख सापकोटाले उद्योगी व्यापारीहरूलाई राजस्व अनुसन्धानको दुख दिने नियत नभएको बताउँदै नियमसंगतरूपमा काम गर्न आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij