Logo

May 01 2025 | २०८२, वैशाख १९गते

May 01 2025 | २०८२, वैशाख १९गते

images

बचतका लागि सहकारीको आवश्यकता  नभएको छानबिन विशेष समितिका सभापति थापाको भनाइ

बचतका लागि सहकारीको आवश्यकता  नभएको छानबिन विशेष समितिका सभापति थापाको भनाइ

  • काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापाले बचत परिचालनका लागि सहकारी नै आवश्यक नभएको बताएका छन् ।सभापति थापाले सहकारी अभियन्ताहरूसँगको छलफलमा यस्तो बताएका हुन् ।

    सहकारी अभियान्ताहरुसँगको मंगलबार आयोजित छलफलमा सभापति थापाले काठमाडौंको टोल–टोलमा बैंकका शाखा रहेकाले सहकारी आवश्यक नभएको बताए ।राष्ट्र बैंकसँग जोडिएका र निश्चित सुशासनमा चलेका सहकारीहरुको आर्थिक अवस्था राम्रो रहेको थापाले अहिलेसम्म समितिमा गरेका छलफल र अन्तरक्रियाले बचत तथा ऋण सहकारी धेरै भएको जानकारी दिए ।देशले धान्न नसक्ने गरी बचत तथा ऋण सहकारी रहेको बताउँदै उनले सहकारी वास्तवमा छरिएर रहेको सानो पुँजी संकलन गरेर उत्पादन केन्द्रित हुने कुरामा ध्यान नदिँदा समस्या आएको बताए । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij