Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

एमसीसी परियोजना अन्तर्गतको नयाँ दमौली सबस्टेशनको ठेक्का भारतीय कम्पनीलाई  दिइयो

एमसीसी परियोजना अन्तर्गतको नयाँ दमौली सबस्टेशनको ठेक्का भारतीय कम्पनीलाई  दिइयो

  • काठमाडौं। अमेरिकी सरकारको सहयोगमा सञ्चालित  एमसीसी परियोजना अन्तर्गत नयाँ दमौली सबस्टेसन निर्माण गर्न  भारतको टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडसँग सम्झौता  गरिएको छ ।  एमसीए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट र टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङ लिमिटेडका व्यापार निर्देशक राजीव अग्रवालबीच  बुधबार ऊर्जामन्त्री दीपक खड्काको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको हो ।

    सम्झौता अनुसार टेक्नो इलेक्ट्रिक एण्ड इञ्जिनियरिङलाई ३८.८९ मिलियन अमेरिकी डलर अर्थात ५ अर्ब १७ करोड रुपैयाँमा ४०० केभी सबस्टेसन बनाउने ठेक्का दिइएको हो। यो सँगै परियोजना अन्तर्गत सबस्टेसन निर्माणका तीन वटै ठेक्का टुंगो लागेको छ।नयाँ दमौली सबस्टेशनले रातमाटे, लेखनाथ र नयाँ बुटवल सबस्टेसनसँग ऊर्जा प्रवाहका लागि महत्वपूर्ण विन्दुको रूपमा काम गर्नेछ।अर्थ मन्त्रालयका सचिव एवं एमसीए–नेपाल सञ्चालक समितिका अध्यक्ष डा. रामप्रसाद घिमिरेले सबस्टेसन निर्माणको सबै ठेक्का टुंगो लाग्नु परियोजनाका लागि राम्रो संकेत भएको धारणा सार्वजनिक गरेका छन् । एमसीसी परियोजना एक वर्षअघि कार्यान्वयनमा आएको थियो।

    एमसीसी नेपाल कम्प्याक्टले तीनवटा सबस्टेसनका अतिरिक्त काठमाडौंको लप्सीफेदीदेखि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) स्थित नेपाल–भारत सीमासम्म ३१५ किलोमिटर लामो प्रसारण लाइन निर्माण गर्नुपर्नेछ।हल  १८ किलोमिटर लामो सीमापार प्रसारण लाइन निर्माणका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन कार्य भइरहेको परियोजनाले जनाएको छ। यसको निर्माण सम्झौता साउनमा गर्ने तयारी गरिँदै छ।

    बाँकी २९७ किलोमिटर प्रसारण लाइन निर्माणका लागि टेण्डर आह्वान गर्नै बाँकी रहेको छ भने  परियोजना अन्तर्गत निर्माण गर्ने भनिएको सडकका लागि पनि टेण्डर आह्वान गर्न बाँकी रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij