Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी सुनिश्चित नभएसम्म काटिएका लाइन जोड्न नहुने अडान लिने प्राधिकरणका सञ्चालकद्वय पदमुक्त

डेडिकेटेड र ट्रंक लाइन बक्यौता भुक्तानी सुनिश्चित नभएसम्म काटिएका लाइन जोड्न नहुने अडान लिने प्राधिकरणका सञ्चालकद्वय पदमुक्त

  • काठमाडौं।  डेडिकेटेड र ट्रंक लाइन विद्युत महसुल बक्यौता नतिर्ने उद्योगमा काटिएको विद्युत लाइन भुक्तानी सुनिश्चित भएसम्म जोड्न नहुने अडानमा रहेका नेपाल विद्युत प्राधिकरणका दुई सञ्चालक पदमुक्त भएका छन्।ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणका सञ्चालक समिति सदस्य भक्तबहादुर पुन र कपिल आचार्यलाई पदमुक्त गरेका हुन्।  सरकारलाई असहयोग गरेको भनी साउन १५ गते तीन दिनको समय दिएर उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।उनीहरु दुवै जनाले साउन १८ गते स्पष्टीकरण बुझाएपनि मन्त्री खड्काले चित नबुझेको भनी त्यही दिन सञ्चालकबाट हटाउने निर्णय लिए ।

    प्राधिकरणको सञ्चालक समितिले साउन ८ गते डेडिकेटेड र ट्रंक लाइनको महसुल विवादमा लाइन काटिएका विभिन्न ६ उद्योगमा बिजुली उपलब्ध गराउने निर्णय गर्दा पुन र आचार्यले नोट अफ डिसेन्ट लेखेकाले मन्त्री खड्का उनीहरुसँग रिसाएका थिए ।
    पुन माओवादी केन्द्र र आचार्य नेकपा एकीकृत समाजवादी समर्थक भएका दुवै जनाको कार्यकाल आगामी पुस २ गतेसम्म थियो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij