Logo

May 15 2025 | २०८२, जेठ ३गते

May 15 2025 | २०८२, जेठ ३गते

images

भोटो देखाएर रातो मच्छिन्द्रनाथको रथजात्राको समापन गरियो

भोटो देखाएर रातो मच्छिन्द्रनाथको रथजात्राको समापन गरियो

  • काठमाडौं । रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन भोटोजात्रा मनाइएको छ । वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन ललितपुरको जाउलाखेलमा भोटो देखाएर भोटो जात्राको समापन गरिएको हो ।राष्ट्रपति रामचन्द्र पौडेललगायत  विशिष्ट व्यक्तिहरूको उपस्थितिमा भोटो जात्रा सम्पन्न गरियो ।भोटो देखाएसँगै उपत्यकाको सबैभन्दा लामो जात्रा रातो मच्छिन्द्रनाथको रथयात्रा समापन भयो ।

    जनश्रुतिअनुसार रातो मच्छिन्द्रनाथको रथयात्रा सुरु भइसकेपछि नागराज कर्कोटकी रानीको आँखा दुख्छ । उनको आँखा एकजना सामान्य किसानले निको बनाएपछि नागराज खुसी भएर बहुमूल्य मणिजडित भोटो किसानलाई उपहार दिन्छन् ।तर, एकदिन खेतमा काम गरिरहेका बेला भोटो हराउँछ । खोज्दै जाँदा रातो मच्छिन्द्रनाथको रथयात्राका क्रममा ती किसानले आफ्नो हराएको भोटो देखे पनि अर्कै व्यक्तिले पनि दाबी गर्छन् । त्यसपछि विवाद हुन्छ । त्यही भोटोको विवाद समाधान गर्न सार्वजनिक रुपमा प्रमाणसहित भोटो दाबी पेश गर्न भोटो देखाउने चलन सुरु भएदेखि अहिलेसम्म यसरी भोटो देखाउने गरिएको छ ।

    त्यतिबेला वास्तविक हकदारले दाबी गर्न नआएसम्म भोटो मच्छिन्द्रनाथकै रहने कथन छ । सरकारले काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा भोटोजात्राको विदा दिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij