Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

हिमालयन बैंकको खुद नाफा ८१.६० प्रतिशतले बढ्यो

हिमालयन बैंकको खुद नाफा ८१.६० प्रतिशतले बढ्यो

  • काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्ट अनुसार बैंकले गत आर्थिक वर्ष २ अर्ब ८३ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

    इम्पेयरमेन्ट चार्ज घट्दा नाफा बढेको हो । साथै, बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । ९ अर्ब ९२ करोड रहेको उक्त आम्दानी १७।१२ प्रतिशत बढेर ११ अर्ब ६१ करोड रुपैयाँ कायम भएको छ ।  सञ्चालन नाफा पनि ६७.४३ प्रतिशतले बढेको छ । बैंकको इम्पेयमेन्ट चार्ज ४२.७६ प्रतिशत घटेर २ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ कायम भएको छ । 

    चक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको हिमालयनको जगेडा कोषमा २२ अर्ब ४३ करोड रुपैयाँ जम्मा रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij