Logo

Oct 15 2025 | २०८२, असोज २९गते

Oct 15 2025 | २०८२, असोज २९गते

images

काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्रै सकिने नेपाली सेनाको प्रतिबद्धता, धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रु

काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्रै सकिने नेपाली सेनाको प्रतिबद्धता, धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रु

  • काठमाडौं । नेपाली सेनाले काठमाडौं तराई मधेश द्रुतमार्गको निर्माण अबको दुई वर्ष भित्र सकिसक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।प्रधानसेनापति प्रभुराम शर्माले काठमाडौं–तराई मधेश द्रुतमार्गको निर्माणकार्य ३६ प्रतिशत पूरा भएको जनाउँदै आगामी २०८३ सालभित्र द्रुतमार्ग निर्माण सम्पन्न गर्ने घोषणा गरेका हुन् ।

    आज बिहान धेद्रेस्थित सुरुङ मार्ग ब्रेक थ्रुको अवसारमा आयोजित कार्यक्रममा प्रधानसेनापति शर्माले तोकिएको अवधिमा आयोजनाको काम सक्ने बताए ।यो आयोजनाको मुख्य चुनौती सुरुङ निर्माण भएको र त्यो काममा सफलता प्राप्त भइसकेकाले अब बाँकी काम पनि निर्धारित समयमै सकिने प्रधानसेनापति शर्माले प्रष्ट्याए ।हामी आफैं यस्ता संरचना बनाउन सक्छौ भन्ने यो सन्देश यसले दिएको उनले जनाए ।

    ललितपुरको बुङ्मती र खोकनामा जग्गा अधिग्रहणको काम राजनीतिले बिगारेको भन्दै शर्माले त्यो राजनीतिबाट  सपारिने  विश्वास व्यक्त गरे । यो क्षेत्रबाहेक अन्य क्षेत्रमा जग्गा व्यवस्थापनको काम सकिइसकिएको  उनले  जनाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij