Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ६९ करोड ७४ लाख

शाइन रेसुंगा डेभलपमेन्ट बैंकको खुद नाफा ६९ करोड ७४ लाख

  •  

    काठमाडौं ।  शाइन रेसुंगा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६९ करोड ७४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

     बैंकको इम्पेयरमेन्ट चार्ज बढेको छ । जसकारण नाफामा दबाब परेको छ । 

     खुद ब्याज आम्दानी भने थोरै बढेको छ । २ अर्ब ११ करोड रहेको उक्त आम्दानी ६.१४ प्रतिशतले बढेर २ अर्ब २४ करोड रुपैयाँ कायम भएको छ ।  बैंकको इम्पेयमेन्ट चार्ज ६१.२९ प्रतिशत बढेर ४९ करोड ३ लाख रुपैयाँ कायम भएको छ । 

    सञ्चालन नाफा ३.५५ प्रतिशतले घटेको छ । चक्ता पुँजी ४ अर्ब ७३ करोड ३६ लाख ९० हजार रुपैयाँ रहेको शाइनको जगेडा कोषमा १ अर्ब ७६ करोड रुपैयाँ जम्मा रहेको छ । यसको वितरणयोग्य नाफा ३८ करोड ४२ लाख रुपैयाँ देखिएको छ । उक्त रकमबाट यसले ८.१२ प्रतिशत लाभांश वितरण गर्न सक्छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij