Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने  अन्तिम दिन

  •  

    काठमाडौं  । नेसनल लाइफ इन्सुरेन्स र सूर्योदय वोमी लघुवित्तको लाभांश सुरक्षित गर्ने आज बुधबार असार २३ गते अन्तिम दिन हो । दुवै कम्पनीले साधारण सभा प्रयोजनको लागि बिहीबार असार २४ बुक क्लोज गर्दैछन् । 

    नेसनल लाइफ इन्सुरेन्स गत आर्थिक वर्षको नाफाबाट ४ प्रतिशत बोनस सेयर र कर सहित १०।७४ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस इन्सुरेन्सले भदौ ७ गते वार्षिको साधारण सभा बोलाएको छ  । सभा, नेसनल लाइफ भवन, केन्द्रीय कार्यालय, लाजिम्पाटमा बिहान साढे १० बजे सुरु हुनेछ ।

    सूर्योदय वोमी लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत बोनस सेयर वितरण गर्दैछ । उक्त बोनस सेयर एफपीओ हात पार्ने लगानीकर्ताले पनि पाउँने छन् । उक्त बोनस सेयर पारित गर्न यस कम्पनीको वार्षिक साधारण सभा साउन ३२ गते बस्दैछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij