Logo

Jul 01 2025 | २०८२, असार १७गते

Jul 01 2025 | २०८२, असार १७गते

images

बंगलादेशमा  अन्तरिम सरकार प्रमुखको रूपमा युनुसले आज बेलुका शपथ लिने

बंगलादेशमा  अन्तरिम सरकार प्रमुखको रूपमा युनुसले आज बेलुका शपथ लिने

  • काठमाडौं । बंगलादेशमा अन्तरिम सरकार प्रमुख बनेका मोहम्मद युनुसले आज शपथ लिने भएका छन्।विद्यार्थीहरूको आन्दोलनका कारण प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश बाहिर गएपछि  बन्न लागेको अन्तरिम सरकार प्रमुखका रूपमा युनुसले आज शपथ लिन भएका हुन् ।

    नोबल पुरस्कार विजेता तथा हसिनाका कट्टर आलोचक युनुसको नाम प्रस्ताव गर्दाका बखत देश बाहिर रहेकाले शपथमा ढिलाइ भएको हो । उनलाई  मंगलबार त्यहाँको अन्तरिम सरकार प्रमुख नियुक्त गरिएको थियो ।अन्तरिम सरकार प्रमुख नियुक्त भइरहेका बेला युनुस फ्रान्सको पेरिसमा रहेका थिए ।  पेरिसबाट बिहीबार दिउँसोसम्ममा ढाका आउने र आएपछि बेलुका अन्तरिम सरकार प्रमुखको शपथ लिने कार्यक्रम रहेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

    समाचारमा जनाइए अनुसार युनुस दुबई हुँदै दिउँसो २ः१० बजे ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी  राष्ट्रपति मोहम्मद शाहबुद्दिनसँग बैठक बस्नेछन्। बैठकपछि बेलुका ८ बजे उनले शपथ लिनेछन्। उनले १५ सदस्यीय सल्लाहकार समिति गठन गर्ने अनुमान गरिएको छ ।युनुसको आगमनमा बंगलादेश नेशनलिस्ट पार्टी (बिएनपी)ले ढाकामा प्रदर्शन गर्ने तयारी गरेको छ ।

    अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाए अनुसार गरिबहरूलाई पनि आर्थिक उन्नति गर्ने अवसर दिलाउने गरीे उनले सन् १९८३ मा ग्रामीण बैंकको स्थापना गरेका थिए । बैंकहरूले ऋण नपत्याउने गरिब नागरिकहरूलाई  उनले स्थापना गरेको ग्रामीण बैंकबाट ऋण दिइन्थ्यो । सोही कार्यका लागि उनलाई सन् २००६ मा नोबल शान्ति पुरस्कार प्रदान गरियो । नोबल शान्ति पुरस्कार पाएपछि उनले संसारभरबाट लोकप्रियता कमाए।

    हसिना र युनुसबीच प्रतिस्पर्धा चुलियो । युनुसले दल खोलेर राजनीतिमा आउने सोच बनाएका बेला नाम नतोकी सिद्धान्त नभएर नेताहरू पैसाका लागि राजनीति गर्ने भनेका थिए।शुरूमा उनले देशमा अवकाश पाउने उमेर ६० भए पनि युनुस ७३ वर्षसम्म ग्रामीण बैंकको प्रमुख रहेको भन्दै २०११ मा उनलाई प्रमुखबाट हटाइन्।युनुसले विश्व बैंकलाई भड्काएर सन् २०१२ मा पद्मा नदीमाथिको लामो पुल बनाउने योजनामा लगानी नगर्न उक्साएको आरोप पनि हसिनाले लगाएकी थिइन्।

    गंगा नदीको शाखा पद्मामाथि पुल बनाउनुलाई राष्ट्रिय गौरवको विषय बनाउँदै पछि उनले स्वदेशी लगानीमा उक्त पुल बनाइन्।सन् २०२२ मा उनले उद्घाटन गरेको ६.१५ किलोमिटर लामो पुललाई उनले आफ्नो शासनमा देशमा भएको विकासको ज्वलन्त प्रमाणका रूपमा प्रचार गरिन्।पछि युनुसले गरीबको  रगत चुसेको आरोप लगाउँदै उनी विरूद्ध चर्को ब्याज लिएको र भ्रष्टाचारको मुद्दा चलाइन्। यसै वर्ष युनुसलाई अदालतले कैद सजायसम्म सुनायो।

    तर समय यसरी फेरियो  कि हसिनाले राजीनामा दिएर देश छोड्नु परेको छ भने ८४ वर्षीय युनुस अन्तरिम सरकार प्रमुखको शपथ लिन लागेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij