Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

युनिक नेपाल लघुवित्तको खुद नाफा २२.८८ प्रतिशतले बढ्यो

युनिक नेपाल लघुवित्तको खुद नाफा २२.८८ प्रतिशतले बढ्यो

  •  

    काठमाडौँ । चौथो त्रैमाससम्म आइपुग्दा युनिक नेपाल लघुवित्तले ४ करोड ७९ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा २२.८८ प्रतिशतले धेरै हो ।
    यसअवधिमा सञ्चालन आम्दानी बढेकाले नाफामा पनि वृद्धि भएको हो । सञ्चालन आम्दानी ८१.४५ प्रतिशतले बढेर १७ करोड ११ लाख रुपैयाँ पुगेको छ । यस कम्पनीको इम्पेयरमेन्ट चार्ज पनि ९ करोड ५९ लाख रुपैयाँबाट घटेर १ करोड १६ लाखमा झरेको छ । यसले गर्दा पनि नाफा बढ्नमा टेवा पुगेको छ । 

    यता, खुद ब्याज आम्दानी भने ६।५६ प्रतिशतले घटेर २५ करोड रुपैयाँमा झरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २६ करोड ७५ लाख रुपैयाँ खुद ब्याज आम्दनी कमाएको थियो । कम्पनीको खराब कर्जा पनि घटेको छ । 

    असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १४ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ  भने रिजर्भ कोषमा १९ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij