Logo

Nov 17 2025 | २०८२, मंसिर १गते

Nov 17 2025 | २०८२, मंसिर १गते

images

मानुषी लघुवित्तको  विशेष साधारण सभा भदौ ७ गते  , मर्जर तथा प्राप्ति प्रस्ताव

मानुषी लघुवित्तको  विशेष साधारण सभा भदौ ७ गते  , मर्जर तथा प्राप्ति प्रस्ताव

  • काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आगामी भदौ ७ गते विशेष साधारण सभा बोलाएको छ । साउन २२ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भक्तपुरको सूर्यविनायकस्थित होटल प्यालिसेड रिसोर्टमा बिहान १०ः३० बजे सभा गर्ने निर्णय गरेको हो ।

    सभाले मर्जर तथा प्राप्ति प्रस्ताव पारित गर्नेछ । आगामी दिनमा कुनै पनि लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको लागि सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय सभाले गर्नेछ ।

    प्रबन्धपत्र तथा नियमावली संशोधन सम्बन्धमा नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड तथा अन्य नियमनकारी निकायबाट स्वीकृत गराउनका लागि आवश्यक कामको लागि पनि सभाले सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

    विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले साउन ३१ गते एक दिन बुक क्लोज गर्न लागेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij