Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

दशैँ र तिहारलाई लक्षित गर्दै भारतबाट  १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान

दशैँ र तिहारलाई लक्षित गर्दै भारतबाट  १९ हजार टन चिनी ल्याउन प्रस्ताव आह्वान

  • काठमाडौं । भारतले नेपालका लागि तोकेको कोटा अनुसार १९ हजार टन चिनी आयात गर्न प्रस्ताव आह्वान गरिएको छ ।वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चिनी आयात गर्न इच्छुक फर्म÷कम्पनीसँग सो प्रस्ताव आह्वान गरेको हो ।

    बुधबार आह्वान भएको सूचना सार्वजनिक भए अनुसार पाँच दिनभित्र यस्ता कम्पनीले चिनी आयातका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।चिनी आयातका लागि अनुमति पत्र प्राप्त गर्ने फर्म तथा कम्पनीका लागि न्यूनतम कोटा २ हजार ६ सय टन तोकिएको छ । १९ हजार टनभन्दा बढी परिमाण आयात अनुमतिका लागि आवेदन परे न्यूनतम २ हजार ६ सय टन कोटा नघट्ने गरी समानुपातिक रूपमा कोटा बाँडफाँट गरिने समेत विभागले सो सूचनामा जनाएको छ ।

    सातभन्दा बढी कम्पनीबाट आवेदन प¥यो भने सुरुमा आउने आवेदनलाई पहिलो प्राथमिकता दिइने पनि उल्लेख छ ।कोटाको चिनी आयात गर्न भारतले तोकेको समयावधि आगामी ३० सेप्टेम्बरसम्म मात्र छ । विभागले आउन लागिरहेको मुख्य चाडपर्व लक्षित गरी चिनी आयात गर्न लागिएको जनाएको छ ।

    अनुमति पाएको एक महिनाभित्र चिनी नल्याए अनुमति खारेज हुने र  अनुमति पाएका कम्पनीले चिनी आयात गर्न नसक्ने भए १५ दिन भित्रै जानकारी दिनुपर्ने  छ ।अनुमति प्राप्त कम्पनीले विभागबाट अनुमति प्राप्त गरेको मितिले साल्ट ट्रेडिङ कर्पोरेसनले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी आयातित चिनी बजारमा बिक्री गर्नुपर्ने सर्त पनि तोकिएको छ ।

    चिनीको गुणस्तर समेत सरकारले तोके बमोजिम हुनुपर्ने , अनुमति प्राप्त कम्पनीबाट आयातित चिनी मौज्दात, मूल्य, गुणस्तर र बिक्री विवरण साप्ताहिक रूपमा विभागमा बुझाउनुपर्ने समेत शर्त तोकिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij