Logo

Nov 11 2025 | २०८२, कात्तिक २५गते

Nov 11 2025 | २०८२, कात्तिक २५गते

images

पानीको मूल्य तोक्ने निर्णयको पानी व्यवसायीद्वारा विरोध

पानीको मूल्य तोक्ने निर्णयको पानी व्यवसायीद्वारा विरोध

  • काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जार र बोटलको पानीको अधिकतम खुद्रा बिक्री मूल्य मनपरी रुपमा तोक्ने उद्योगमाथि कारबाही गर्ने चेतावनी दिएको छ ।पानी उत्पादकहरुले विभिन्न होटल, रेष्टरेन्ट र व्यावसायिक फार्मसँग सम्झौता गरी उही प्रकारको गुणस्तर र नापतौलको पानी फरक फरक एमआरपी राखेर बजारमा पठाएको पाइएको भन्दै विभागले कारबाहीको चेतावनी दिएको हो । विभागले जनाए  अनुसार यसरी मूल्य तोक्नु उपभोक्ता संरक्षण ऐन २०७५को उल्लंघन हो।

    उपत्यकामा बिक्री हुने २० लिटरको जारको पानीको अधिकतम खुद्रा बिक्री मूल्य ४७ र एक लिटरको बोटलको पानीको मूल्य १६ रुपैयाँ यसअघि नै तोकिएको थियो।बजारमा विभिन्न कम्पनीका नाममा जार र बोटलको पानी बिक्री हुने गरेको छ। खासगरी बोटलको पानीको मूल्य आफूखुशी तोकेको पाइएकाले सूचना निकालेर कारबाहीको चेतावनी विभागले दिएको छ ।

    विभागको निर्णयप्रति नेपाल बोटल वाटर उद्योग संघ रुष्ट भएको छ। संघका अध्यक्ष धुव्र गौतमले होटल रेष्टरेन्टमा पठाउने बोटल नै अलग खालको हुने भन्दै मूल्यमा एकरुपता कायम गर्नुपर्ने विभागको सूचना कार्यान्वयन गर्न नसकिने प्रतिक्रिया सार्वजनिक गरेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij