Logo

Jul 19 2025 | २०८२, साउन ३गते

Jul 19 2025 | २०८२, साउन ३गते

images

हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता गुरुङ

हवाई सेवा सुरक्षित बनाउन योजनाबद्ध काम भइरहेको छ : प्रवक्ता गुरुङ

  • काठमाडौँ ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली आकाशमा लगातार हवाई दुर्घटना हुनु चिन्ताको विषय भएको बताउनुभएको छ ।
      
    मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा  सञ्चारकर्मीको जिज्ञासामा मन्त्री गुरुङले दुर्घटनाको कारण पत्ता लगाएर समाधानका उपाय पहिल्याउन सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको स्पष्ट पार्नुभयो । 

    हवाई दुर्घटनाले पर्यटन क्षेत्रमा नकारात्मक सन्देश प्रवाह हुनेतर्फ सरकार सचेत रहेको उल्लेख गर्दै सरकारका प्रवक्ता गुरुङले अन्तर्राष्ट्रिय जगत्मा नेपालको आकाश सुरक्षित छ भन्ने सन्देश दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो । 

    बुधबारको मन्त्रिपरिषद् बैठकले नुवाकोटमा भएको हेलिकप्टर दुर्घनाको सत्यतथ्य पत्ता लगाउन आयोग गठन गरिसकेको जानकारी दिँदै उहाँले आयोगको सिफारिसका आधारमा यस क्षेत्रमा देखिएका कमिकमजोरी सुधारिने विश्वास दिलाउनुभयो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij